महायज्ञमा सहयोग गर्न इच्छुक महानुभावहरुले विश्वशान्ति धनधान्याचल धवलागिरि विराट् महायज्ञको नाममा रहेको एभरेष्ट बैंक लिमिटेडको खाता नं. ०२२००१०५२००२१६ मा रकम जम्मा गर्न सक्नुहुनेछ । विस्तृत जानकारीका लागि सम्पर्क फोन नं. ०६८–५२२१८५, ०६८–५२२१८६, ९८४१४३५१३४.

श्रीविश्वशान्ति धनधान्याचल धवलागिरि विराट् महायज्ञ

श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य

बागलुङ जिल्ला बागलुङ नगरपालिका वार्ड नंं ८ मा जन्म लिई वैदिक सनातन धर्मका प्रचार प्रसारका साथै नेपाल भूमिमा रहेका तीर्थस्थलहरुलाई माया गर्ने, राष्ट्र र राष्ट्रिय संस्कृतिका उपासक, श्रीपञ्चमहालक्ष्मी श्रीपीठ, श्री नेपालमाता मन्दिर, श्रीगजेन्द्रमोक्ष दिव्याधाम वेदविद्याश्रम, गुरुकुल, धर्मशाला, गौशाला, स्वास्थ्य सेवाश्रम लगायत अनेकन धार्मिक एवं समाज सेवामुखी संघ–संस्थाहरुका संस्थापक–संरक्षक श्रीपञ्चमहालक्ष्मी आरधानाका

क्रमसः

निर्माण

१. १०८ फिट अग्लो तामाको विश्वशान्ति कलश स्थापना गर्ने, २. ५५५५ किलोग्राम तौल भएको जयश्री मुक्तिनाथ ध्वन्यात्मक महाघण्ट स्थापना गर्ने, ३. गरुडशीलामाथि २४ फिट अग्लो गरुडनारायण भगवानको श्रीविग्रह स्थापना गर्ने, ४. श्री माधवनारायण तथा महालक्ष्मी मन्दिर निर्माण गर्ने, पञ्चकोटमध्ये अन्य ४ ओटा कोटमा पनि उस्तै श्रीमन्दिरहरु निर्माण गर्ने,

क्रमसः

सहयोग

महायज्ञमा सहयोग गर्न इच्छुक महानुभावहरुले विश्वशान्ति धनधान्याचल धवलागिरि विराट् महायज्ञका नाममा रहेका निम्नलिखित बैंकहरुमा पनि रकम जम्मा गर्न सक्नुहुनेछ । एभरेष्ट बैंक लिमिटेड खाता नं. ०२२००१०५२००२१६

क्रमसः

अन्नाद्भवति भूतानि पर्जन्यादन्न सम्भवः । यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।।

नेपाल भूमिमा रहेका तीर्थस्थलहरुलाई माया गर्ने, राष्ट्र र राष्ट्रिय संस्कृतिका उपासक, श्रीपञ्चमहालक्ष्मी श्रीपीठ, श्री नेपालमाता मन्दिर, श्रीगजेन्द्रमोक्ष दिव्याधाम वेदविद्याश्रम, गुरुकुल, धर्मशाला, गौशाला, स्वास्थ्य सेवाश्रम लगायत अनेकन धार्मिक एवं समाज सेवामुखी संघ–संस्थाहरुका संस्थापक–संरक्षक श्रीपञ्चमहालक्ष्मी आरधानाका प्रवर्तक श्रीकृष्णगण्डकी, श्रीशालिग्राम भगवानसहित समग्र मुक्तिक्षेत्रका प्रकाशक–प्रचारक, नेपाल जननीका वरदपुत्र शतक्रतुजयी गंगाचार्य कुलभुषण अनन्त श्रीविभूषित श्रीनिवास मुक्तिनारायण रामानुज (श्रीधराचार्य) स्वामीज्यू महाराजका शिष्यरत्न, अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा) ज्यूका सत्सङकल्पमा देवभूमि नेपालमा भएका अनेकौं धार्मिक एवं सामाजिक कार्यहरु प्रायः देशवासीलाई अवगत भएकै कुरा हुन् । मुक्तिक्षेत्रमा रहेका धार्मिक एवं पौराणिक महत्वका ठाउँहरुको विकास गरी धवलागिरि अञ्चललाई धार्मिक पर्यटन क्षेत्रका रुपमा अगाडि बढाउने उद्देश्य लिएर बागलुङ नगरपालिका वडा नं. ८ मा रहेको पञ्चकोट क्षेत्रको धार्मिक विकासका लागि आगामी फागुन १ गतेदेखि १५ गतेसम्म स्वामीजी महाराजको सत्सङकल्पमा विश्वशान्ति धनधान्याचल धवलागिरि विराट् महायज्ञको आयोजना गरिएको छ । उक्त महायज्ञलाई धार्मिक पर्यटनको रुपमा समेत हामिले लिएका छौं । वृहत गुरुयोजनाका साथ हुन गइरहेको उक्त विराट् महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव धवलागिरि अञ्चलकै ऐतिहासिक पहिलो महायज्ञका रुपमा सुसम्पन्न हुने व्यहोरा सम्पूर्ण धर्मानुरागी सज्जन महानुभावहरु तथा समस्त मातृशक्तिहरुमा अवगत गराउन चाहन्छौं । यस पुनीत कार्यमा नेपाल सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण धर्मानुरागी सज्जन महानुभाव तथा मातृशक्तिहरुले आ–आफ्नो श्रद्धा र सामथ्र्य अनुसार तन, मन, धन, वचन र कर्मले सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

 

Image8

 

स्रोत

स्रोत

स्रोत

स्रोत