अबाउट अस

श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा) ज्यू

बागलुङ जिल्ला बागलुङ नगरपालिका वार्ड नंं ८ मा जन्म लिई वैदिक सनातन धर्मका प्रचार प्रसारका साथै नेपाल भूमिमा रहेका तीर्थस्थलहरुलाई माया गर्ने, राष्ट्र र राष्ट्रिय संस्कृतिका उपासक, श्रीपञ्चमहालक्ष्मी श्रीपीठ, श्री नेपालमाता मन्दिर, श्रीगजेन्द्रमोक्ष दिव्याधाम वेदविद्याश्रम, गुरुकुल, धर्मशाला, गौशाला, स्वास्थ्य सेवाश्रम लगायत अनेकन धार्मिक एवं समाज सेवामुखी संघ–संस्थाहरुका संस्थापक–संरक्षक श्रीपञ्चमहालक्ष्मी आरधानाका प्रवर्तक श्रीकृष्णगण्डकी, श्रीशालिग्राम भगवानसहित समग्र मुक्तिक्षेत्रका प्रकाशक–प्रचारक, नेपाल जननीका वरदपुत्र  शतक्रतुजयी गंगाचार्य कुलभुषण अनन्त श्रीविभूषित श्रीनिवास मुक्तिनारायण रामानुज (श्रीधराचार्य) स्वामीज्यू महाराजका शिष्यरत्न, अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा) ज्यूका सत्सङकल्पमा देवभूमि नेपालमा भएका अनेकौं धार्मिक एवं सामाजिक कार्यहरु प्रायः देशवासीलाई अवगत भएकै कुरा हुन् । यसै सन्दर्भमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वार्ड नं. ८ सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश, ५,५५५ किलोग्रामको मुक्तिनाथ महाघण्ट, गण्डकी गोपाल गौशालाका साथै विविध धार्मिक संरचनाहरु निर्माण हुने भएका छन् ।

अन्नाद्भवति भूतानि पर्जन्यादन्न सम्भवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।।

नेपाल भूमिमा रहेका तीर्थस्थलहरुलाई माया गर्ने, राष्ट्र र राष्ट्रिय संस्कृतिका उपासक, श्रीपञ्चमहालक्ष्मी श्रीपीठ, श्री नेपालमाता मन्दिर, श्रीगजेन्द्रमोक्ष दिव्याधाम वेदविद्याश्रम, गुरुकुल, धर्मशाला, गौशाला, स्वास्थ्य सेवाश्रम लगायत अनेकन धार्मिक एवं समाज सेवामुखी संघ–संस्थाहरुका संस्थापक–संरक्षक श्रीपञ्चमहालक्ष्मी आरधानाका प्रवर्तक श्रीकृष्णगण्डकी, श्रीशालिग्राम भगवानसहित समग्र मुक्तिक्षेत्रका प्रकाशक–प्रचारक, नेपाल जननीका वरदपुत्र शतक्रतुजयी गंगाचार्य कुलभुषण अनन्त श्रीविभूषित श्रीनिवास मुक्तिनारायण रामानुज (श्रीधराचार्य) स्वामीज्यू महाराजका शिष्यरत्न, अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा) ज्यूका सत्सङकल्पमा देवभूमि नेपालमा भएका अनेकौं धार्मिक एवं सामाजिक कार्यहरु प्रायः देशवासीलाई अवगत भएकै कुरा हुन् ।
मुक्तिक्षेत्रमा रहेका धार्मिक एवं पौराणिक महत्वका ठाउँहरुको विकास गरी धवलागिरि अञ्चललाई धार्मिक पर्यटन क्षेत्रका रुपमा अगाडि बढाउने उद्देश्य लिएर बागलुङ नगरपालिका वडा नं. ८ मा रहेको पञ्चकोट क्षेत्रको धार्मिक विकासका लागि आगामी फागुन १ गतेदेखि १५ गतेसम्म स्वामीजी महाराजको सत्सङकल्पमा विश्वशान्ति धनधान्याचल धवलागिरि विराट् महायज्ञको आयोजना गरिएको छ । उक्त महायज्ञलाई धार्मिक पर्यटनको रुपमा समेत हामिले लिएका छौं । वृहत गुरुयोजनाका साथ हुन गइरहेको उक्त विराट् महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव धवलागिरि अञ्चलकै ऐतिहासिक पहिलो महायज्ञका रुपमा सुसम्पन्न हुने व्यहोरा सम्पूर्ण धर्मानुरागी सज्जन महानुभावहरु तथा समस्त मातृशक्तिहरुमा अवगत गराउन चाहन्छौं । यस पुनीत कार्यमा नेपाल सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण धर्मानुरागी सज्जन महानुभाव तथा मातृशक्तिहरुले आ–आफ्नो श्रद्धा र सामथ्र्य अनुसार तन, मन, धन, वचन र कर्मले सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

 

निर्माण हुने भौतिक संरचनाहरु ः–

१. १०८ फिट अग्लो तामाको विश्वशान्ति कलश स्थापना गर्ने,
२. ५५५५ किलोग्राम तौल भएको जयश्री मुक्तिनाथ ध्वन्यात्मक महाघण्ट स्थापना गर्ने,
३. गरुडशीलामाथि २४ फिट अग्लो गरुडनारायण भगवानको श्रीविग्रह स्थापना गर्ने,
४. श्री माधवनारायण तथा महालक्ष्मी मन्दिर निर्माण गर्ने, पञ्चकोटमध्ये अन्य ४ ओटा कोटमा पनि उस्तै श्रीमन्दिरहरु निर्माण गर्ने,
५. ध्यानकुटिहरु निर्माण गर्ने र गण्डकी गुफा, श्रीगरुडगुफा, श्रीगर्गगुफा, श्रीज्ञानगुफा सहित श्रद्धेय स्वामीज्यू महाराजको तपस्थली संरक्षण एवं संवर्धन गर्ने,
६. श्रीगर्गाचार्य कुलभूषण श्रीमुक्तिनाथबाबाज्यूको जन्म भएको ठाउँ र ध्यान गरेको ठाउँ दुबै स्थानमा वागबगैंचा, पुष्पउद्यान आदि निर्माण गर्ने,
७. श्रीगरुडशीला ध्यानकुटिमाथिको डांडामा श्रीहनुमानजीले धवलागिरि पर्वतको समीप रहन गएको औषध पर्वत उठाएको विशाल मूर्ति स्थापना गर्ने,
८. १०८ फिट अग्लो कलशको परिक्रमामा प्रमुख ऋषिमुनिहरु, प्रसिद्ध तीर्थस्थलहरु र भगवानका २४ अवतारका श्रीविग्रहसहित सवालाख श्रीशालिग्राम राख्ने,
९. बागलुङको मालिका गा.वि.स. वार्ड नं. ८ देउरालीमा र पर्वतको मार्कण्डेय, भूमेवराहक्षेत्र धाइरिङ गा.वि.स. को वडा नं. १ मा श्रीगण्डकी गोपाल गौशाला निर्माण भइरहेको र म्याग्दी र मुस्ताङमा पनि एक एक वटा गौशाला निर्माण गरी स्थानीय जातका वैदिक गाईको संरक्षण गरिने,
१०. श्री सर्वसिद्धिधामको तेस्रो परिक्रमा मार्गमा ३६५ श्रीगण्डकी गोपाल तुलसी मठ स्थापना गरिने,
११. चौंथो परिक्रमा मार्गमा १०८ वर पीपल देववृक्ष रोपणसहित चौतारा निर्माण गरिने,
१२. श्री सर्वसिद्धिधामबाट स्वामीज्यूको जन्म स्थान, कुंडुले फेदीको रङ्गवेङकटेश मुक्तिनारायण मन्दिर हुंदै श्रीगण्डकी गुफा ढोडेनी (धर्माघाट) हुंदै श्रीजगज्जननी गण्डकी मातालाई वस्त्रालङ्कार सहित सम्मानपूर्वक तामाको तोरण टाँगिने,
१३. परम पूजनीय बैकुण्ठवासी षडाचार्य श्री श्रीधराचार्य स्वामीज्यूको समाधीस्थल श्रीगण्डकी तट (धर्मघाट) ढोडेनीमा भजन सङकीर्तन तथा तीर्थस्नान गर्नुहुने भक्तजनहरुको सेवामा विशाल धर्मशाला निर्माण गर्ने,
१४. धवलागिरिका प्रत्येक नगर–गाउँमा जयश्रीमुक्तिनाथ समाज गठन गरिने,
१५. श्री अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्ट श्री सर्वसिद्धिधाम बा.न.पा. ८ का माध्यमबाट शिक्षा, स्वास्थ्य सेवा, वैदिक सनातन रितिरिवाज संरक्षण गर्दै यस क्षेत्रलाई विश्वकै धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित गर्ने,

महायज्ञका कार्यक्रमहरु ः–

फागुन १ गते भूमिशुद्धि, भूमिपूजन, इष्टदेव, कुलदेव, ग्रामदेव, पितृदेव, महासंकल्प एवं आ–आफ्ना टोलगाँउ नगर परिक्रमाका साथै भजन कीर्तन सहित महायज्ञको विहान ९ः०५ बजे दीपप्रज्वलन गर्ने र वेलुका ७ः०५ वजे घर–घरमा दीपप्रज्वलन गरी राष्ट्रशान्तिका लागि प्रार्थना गरिने ।
फागुन २ गते गौपूजा एवं गौमाता महिमा प्रवचन सहित गौमहोत्सव तथा श्री गण्डकी गोपाल गौशाला समुद्घाटन ।
फागुन ३ गते गण्डकी स्नान गरी गण्डकी पूजा अर्चना पश्चात् भजन कीर्तन सहित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट महायज्ञस्थलसम्म विशाल कलश यात्रा गरिने ।
फागुन ४ गते यज्ञमण्डप पूजन (पूर्वाङग) तथा ब्राहमणवरण, ब्रहमसभा तथा सामुहिक श्रीविष्णुसहस्रनामस्तोत्र पाठ–पारायण गरिने ।
फागुन ५ गतेदेखि ११ गतेसम्म १०८ श्रीमद्भागवत तथा अन्य सबै महापुराणहरु, वेद, उपनिषद, रामायण, स्मृतिग्रन्थ आदिको पाठ पारायण एवं कथा प्रवचन निम्न कार्यक्रमका साथ सम्पन्न हुनेछन् ।
प्रातः ४ बजेदेखि ५ बजेसम्म सुप्रभात, विष्णु सहस्रनाम आदि पाठबाट माङ्गलिक प्रार्थना ।
प्रातः ५ बजेदेखि ७ बजेसम्म यज्ञ पूूजन ।
प्रातः ७ बजेदेखि पाठ पारायण ।
प्रात ९ बजेदेखि १० बजेसम्म पञ्चमहालक्ष्मी पूजन ।
प्रात १० बजेदेखि विभिन्न विद्वान् गुरुहरुबाट प्रवचन ।
प्रात ११ बजेदेखि अपराह्न्न ४ बजेसम्म श्रीमद्भागवत सङ्गीतमय कथा प्रवचन ।
सायम ४ बजे आरति पुष्पाञ्जली तथा प्रसाद वितरण ।
रात्रि ८ बजेदेखि भजन संङकीर्तन ।
फागुन १२ गते साहित्य सम्मेलन एवं कवि सम्मान ।
फागुन १३ गते सन्त सम्मेलन ।
फागुन १४ गते विश्वशान्ति सर्वसिद्धिधाममा सवा करोड दीप प्रज्वलन ।
फागुन १५ गते विराट् महायज्ञको पूर्णाहुति समारोह (यज्ञ समापन), महाभिषेक तथा तिलक–प्रसाद वितरण ।

वर्ग सदस्यता प्रकार रकम सदस्य संख्या

क श्री दानवीर धर्मधुरन्धर सर्वसिद्धि पञ्चकोट अति विशिष्टतम संस्थापक सदस्य २५,५५,५५५।–देखि माथि ५ जना
ख श्री दानवीर अतिविशिष्टतर संस्थापक सदस्य ५,५५,५५५।– देखि माथि ५५ जना
ग श्री दानवीर विशिष्टतम संस्थापक सदस्य २,५५,५५५।– देखि माथि १०५ जना
घ श्री दानवीर विशिष्टतर संस्थापक सदस्य १,५५,५५५।– देखि माथि २०५ जना
ङ श्री दानवीर विशिष्ट संस्थापक सदस्य ५५,५५५।– देखि माथि २५५ जना
च श्री दानवीर बिशेष संस्थापक सदस्य २५,५५५।– देखि माथि ३८३ जना
जम्मा १००८ जना

विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा निर्माण हुने विश्वशान्ति कलश स्थापनाका लागि निम्नानुसारका संस्थापक सदस्य बन्न सक्नुहुनेछ ।

संस्थापक सदस्यहरुलाई गरिने सम्मान ः–

१. २०७१ फागुन ९ गते मध्यान्ह १२ः०५ बजेको शुभ मुहूर्तमा सबै संस्थापक सदस्य महानुभावहरुबाट श्रीसर्वसिद्धिधाम तथा श्रीविश्वशान्ति कलशको सामुहिक शिलान्यास गराउने छौं । शिलान्यासको क्रम फागुन १५ गतेसम्म रहनेछ ।
२. संस्थापक सदस्यहरुले मात्र शिलान्यास गर्न पाउने हुंदा रु २५,५५५।– देखि माथि उपलब्ध गराउनुहुने महानुभावहरुलाई संस्थापक सदस्यमा लिएका छौं । विश्वशान्ति कलश निर्माणार्थ २५ किलो भन्दा माथि तामा दान गर्नुहुने महानुभावहरुलाई संस्थापक सदस्यको रुपमा लिइनेछ । प्रति किलो तामाको मुल्य रु १३०५ निर्धारण गरिएको छ । तामा दान गर्न इच्छुक महानुभावहरुले तामाको सट्टा नगद पनि समर्पण गर्न सक्नुहुनेछ ।
३. आफ्नो प्यारो मातृभूमि र सनातन वैदिक धर्मप्रति आस्थावान् देशभित्र र बाहिर बस्नुहुने नेपाली बन्धुहरु मात्र यस धामको संस्थापक सदस्य बन्न सक्ने व्यवस्था गरेका छौं ।
४. श्रीविश्वशान्ति कलश सहित सर्वसिद्धिधाम निर्माण कार्य पुरा भइसकेपछि श्रीसंस्थापक सदस्यहरुका हातबाट मात्र यस धामको शिलान्यास तथा समुदघाटन गराउनेछौं ।
५. सबै संस्थापक दानवीरहरुलाई परम पूजनीय स्वामीज्यूबाट हस्ताक्षरित संस्थापक सदस्यताको प्रमाण–पत्र प्रदान गरिनेछ । संस्थापकहरु तीर्थाटन गर्दा ट्रष्टबाट स्थापित सञ्चालित सवै आश्रमहरुमा निःशुल्क भोजन आवास आदिका लागि प्राथमिकता दिनेछौं ।
६. श्रीविश्वशान्ति कलश तथा सर्वसिद्धिधाम निर्माण कार्य सफल बनाउन निकै ठुलो धनराशि खर्च हुने भएकाले संस्थापक सदस्य बन्न नसक्ने व्यक्तिले पनि आफ्नो गच्छेअनुसार सहयोग गर्न अनुरोध गर्दछौं ।
७. प्रथम सामूहिक शिलान्यास १००८ जन श्रद्धालु महानुभावहरुबाट गराउने प्रयासमा र्छौ, विशिष्ट सम्मानका अतिरिक्त वर्ग (क) र (ख) का दानवीर संस्थापक सदस्यहरुको फोटो श्रद्धेय श्रीस्वामीज्यू महाराजका साथ सर्वसिद्धिधाममा राख्नेछौं ।
८. वर्ग (ग) र (घ) का दानवीर संस्थापक सदस्यहरुको उच्च सम्मानका साथ धाम निर्माणपछि जन्मतिथिमा आयु–आरोग्यता, सुख–समृद्धिका लागि भगवानको पूजा–अर्चना गरि ब्राह्मण साधु सन्तहरुलाई भोजन गराईनेछ र निजको देहावसान पश्चात पुण्यतिथिका दिन भगवद्धाम प्राप्तिका लागि प्रत्येक वर्ष अखण्डवत्ति बालेर पूजा–अर्चना गर्नेछौं ।
९. वर्ग (ङ) र (च) का संस्थापक सदस्यहरुको यथोचित सम्मान गर्नेर्छौ । सबै दानवीर संस्थापक सदस्यहरुबाट वैदिक विधि पुर्वक शिलापुजन गराइ दानवीरहरुको नाम, थर, गोत्र, जन्म मिति र ठेगाना भएको श्रीयन्त्रन्यास सहितको अभिलेखलाई विशेष कलशमा राख्ने व्यवस्था मिलाउनेछौं ।
१०. संस्थापक सदस्यहरुमध्ये कसैको मृत्यु भएमा शोकसभाद्वारा श्रद्धाञ्जलि व्यक्त गर्नेर्छौ र उहाँको वंशका उत्तराधिकारी संततिबाट सर्वसिद्धिधामको समुद्घाटन गराउनेर्छौ ।
११. सबै संस्थापक सदस्य महानुभावहरुको नाम कीर्ति स्तम्भमा अंकित गरिनेछ । निजहरुलार्ई ट्रष्ट परिवार र श्रीमुक्तिनाथ परिवारको रुपमा लिनेछौं । अन्य सबै कार्यहरु विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटको विधान अनुरुप हुनेछन् ।
अतः यस महायज्ञमा देशभक्त, सन्तमहन्त, समाजसेवी, बुद्धिजीवी, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, मातृशक्ति, सञ्चारकर्मिका साथै सम्पूर्ण धर्मानुरागि महानुभावहरु स–परिवार समुपस्थित भई अनन्त पुण्य लाभ लिनुहुन सादर निमन्त्रणा गर्दछौं ।

महायज्ञमा सहयोग गर्न इच्छुक महानुभावहरुले विश्वशान्ति धनधान्याचल धवलागिरि विराट् महायज्ञका नाममा रहेका निम्नलिखित बैंकहरुमा पनि रकम जम्मा गर्न सक्नुहुनेछ ।

हिमालयन बैंक लिमिटेड खाता नं. ०२९०५४३६३५००१५, बैंक अफ काठमाडौं खाता नं. ०१३९००००००१०३५२४, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड खाता नं. ३३७००००००४०६, एभरेष्ट बैंक लिमिटेड खाता नं. ०२२००१०५२००२१६
विस्तृत जानकारीका लागि सम्पर्क ९८५७६२०२२९, ९८५७६२००६६, ९८५७६२०७९४, ९८५७६२११७७, ९८५७६२४९११
सम्पर्क सचिवालय बा.न.पा. २ जिपपार्क बागलुङ, फोन नं. ०६८–५२२१७९ काठमाडौंका लागि सम्पर्कस्थान श्री मुक्तिनाथबाबा सेवाश्रम, गोल्फुटार काठमाडौं फोन ः ०१–४३७५०७४
जय श्रीमुक्तिनाथ !